बालमन्दिरको प्रअमा राजेन्द्र खनाल

  • ख-
  • ख+

दमौलीः बालमन्दिर मावि दमौलीको प्रधानाध्यापकमा राजेन्द्र खनाल नियुक्त भएका छन् । हालै बसेको विद्यालय व्यवस्थापन समन्वय समितिको बैठकले प्रधानाध्यापकमा खनाललाई जिम्मेवारी प्रदान गरेको हो ।


बैठकले विद्यालयको सहायक प्रधानाध्यापकमा लक्ष्मी मल्ललाई नियुक्त गरेको छ । विद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच नवनियुक्त प्रधानाध्यापक खनाललाई व्यास २ का वडा अध्यक्ष काशिराम श्रेष्ठले नियुक्तिपत्र प्रदान गरे ।


निवर्तमान प्रधानाध्यापक कृष्णहरि गैह्र्रेले कार्यक्रममा जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी