नर्वेमा जेएसएस रनिंग कप भलिबल प्रतियोगिता सम्पन्न

  • ख-
  • ख+

ओस्लोः नर्वेको राजधानी ओस्लो शहरको अति नै रमणिय स्थल सोङ्स्भानमा नेपाली जनसम्पर्क समितिको आयोजनामा गत आईतबार छैँटौ जेएसएस रनिंङ कप भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ । खेलकुदका माध्यमद्वारा नर्वेका विभिन्न स्थानमा शिक्षा, रोजगारी एबं अन्य व्यवसाय गरी बसोबास गरिरहेका नेपालीभाषीहरुमाझ भाइचारा र आपसी सद्भाव बढाइ नर्वेको नेपाली समाजमा छुट्टै पहिचान बनाउने र नेपाली समाजबीचको सम्बन्धलाइ अझै बढी प्रगाढ र मजबुत बनाउने प्रमुख उद्देश्यका साथ यो रनिङ कप टुर्नामेण्ट वार्षिक रुपमा आयोजना गरिदैं आएको नेपाली जनसम्पर्क समिति वरिष्ठ उपसभापती कविन्द्र ढकालले जानकारी दिए ।

त्यहाँ रहेका विभिन्न संघसंस्था तथा समुहबाट पुरुष तर्फ नौ टिम सहभागी रहेका थिए । महिला तर्फ दुई टिम सहभागी थिए । पुरुषतर्फ नेपाली पोर्तुगिस समाज नर्वे, एनआरएनए नर्वे, ओएनयुएफ नर्वे, एभरेष्ट क्लब, रेगुलर एथ्लेटिक्स ग्रुप अफ स्टुडेन्टस ओस्लो, नेपलिज सोसाइटी इन ट्रोम्सो, नेप्लिज स्टुडेन्ट सोसाइटी इन ओस्लो, जेएसएस नर्वे ए र जेएसएस नर्वे बि सहभागी गरेका थिए भने महिला तर्फ जेएसएस नर्वे ए र जेएसएस नर्वे‘बि’ टिमले सहभागिता जनाएका थिए।

आइतबार रातिसम्म भएको खेलमा नर्वेमा रहेका बिभिन्न सङ्सस्था तथा समुहबाट पुरुष तर्फ ९ टिम सहभागी रहेका थिए भने महिला तर्फ २ टिम सहभागी रहेका थिए । खेलमा जित हासिल गर्नेलाई पुरुषतर्फको टिमलाई ६ हजार क्रोनर (नेपाली करिब ८३ हजार रुपैयाँ) नगद पुरस्कारको साथै मेडल, रनिंङ् कप र प्रमाण पत्र प्रदान गरिएको छ । दोस्रो हुने टिमलाई पनि ३ हजार क्रोनर (करिब ४२ हजार नेपाली रुपैयाँ) र मेडल, प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरी महिलातर्फ पहिलो हुने टिमलाई तीन हजार क्रोनर (करिब नेपाली ४२ हजार रुपैयाँ),कप, प्रमाणपत्र, मेडल र दोस्रो हुनेलाई १५ सय क्रोनर (करिब २१ हजार नेपाली रुपैयाँ) र प्रमाणपत्र, मेडल प्रदान गरिएको जेएसएसले जनाएको छ छैँटौ जेएसएस रनिंङ कप भलिबल टुर्नामेन्टका संयोजक आविष्कार बाँस्तोलाले जानकारी दिए । पुरुषतर्फ नेपाली पोर्तुगिस समाज नर्वे बिजेता रह्यो भने आयोजक टिम जेएसएस ए उपबिजेता बन्न सफल भयो।

त्यसैगरी महिला तर्फ जेएसएस ए प्रथम भयो भने जेएसएस बि उपबिजेता बन्न सफल भयो । पुरुषतर्फका उत्कृष्ट खेलाडी जेएसएस एका जीवनाथ भट्टराई भए भने महिला तर्फ जेएसएस एकी चन्द्रा चन्द उत्कृष्ट खेलाडी भईन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । साथै, साना बावुनानीहरुका लागी पनि उमेर समुह अनुसारका खेल प्रतियोगिता गराइएको थियो ।

जेएसएस नर्वेले गत ६ वर्षदेखि निरन्तर रुपमा यस खेलको आयोजना गर्दैआएको छ जेएसएस नर्वेका सभापति जितेन्द्रविक्रम शाहीले जानकारी दिए । आइतबार सम्पन्न उक्त खेलमा नर्वेमा बसोवास गर्ने पाँच सय बढी नेपालीहरुको उपस्थित रहेको आयोजकले जानकारी दिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी