दमौली न्युज डटकमको फोटोग्राफी प्रमुखमा आले

  • ख-
  • ख+

दमौलीः वेदव्यास मल्टिमिडिया प्रालिद्वारा सञ्चालित दमौली न्युज डट कमको फोटोग्राफी विभाग प्रमुखमा तनहुँका युवा फोटोग्राफर मोहनराज आले भित्रिएका छन् ।


अनलाईनको सञ्चालक संस्था वेदव्यास मल्टिमिडियाले आलेलाई विभागको प्रमुखका रुपमा भित्र्याएको हो । यस अघि आगमन फोटोग्राफीका सञ्चालक उनी रेन्बो क्लब अफ फोटोग्राफीका उपाध्यक्ष समेत हुन्ु ।


फ्रिलान्सिङ फोटोग्राफीमा सक्रिय आले व्यक्तिगत पोट्रेट तथा प्राकृतिक फोटोग्राफीमा रुचि राख्छन् । दमौली न्युज डट कमका सञ्चालक तथा सम्पादक पवन पौडेलले आलेको अनुभव संस्थाका लागि महत्वपूर्ण हुने भन्दै अनलाईनले उत्कृष्ट फोटोग्राफीमा पनि थप योगदानको अपेक्षा गरेको बताए ।


अनलाईनका प्रवन्ध निर्देशक सुमन श्रेष्ठले युवामाझ लोकप्रिय र अग्रज आलेबाट महत्वपूर्ण साथको अपेक्षा गरेको बताए । आलेले जिम्मेवारी कुशलतापूर्वक निभाउने प्रतिवद्धता जनाए ।
दमौली न्युज डट कमले तनहुँ तथा गण्डकी प्रदेशलाई आधार बनाएर पत्रकारिता गरिरहेको छ । पछिल्ला दिनमा पाठक र लोकप्रियता बढिरहेको अनलाईनको दाबी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी