किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर

  • ख-
  • ख+

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले ५० प्रतिशत अनुदानमा पालिकाभित्रका कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ ।

किसानलाई कृषि पेशामा आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यन्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले २० वटा हाते ट्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताइन् । किसानलाई खेती गर्न सजिलो हाेस भनेर अनुदानमा हाते ट्याक्टर र १ थान हिले फालि सेट बितरण गरिएको रानाले बताइन् ।


गाउँपालिकाका कृषि शाखा प्रमुख आरती ढुङ्गानाका अनुसार किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो । ‘ गाउँमा गोरु पाल्ने चलन हराइसक्यो, काम गर्ने मान्छे छैनन् ,’ ढुंगानाले भनिन् , ‘कृषि सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका हौं ।’


गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति कार्यक्रम बनाई काम गरिरहेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । स्वदेशमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सकिने भएकोले विदेशिएका युवालाई आकर्षित गर्न अनुदानमा सहयोग गरिएको घिमिरेको भनाई थियो ।

हाते ट्याक्टर मार्फत कृषि कर्ममा लागेका किसानलाई आधुनिक कृषि प्रणाली सँग जाेड्न सजिलो हुने र खेत तथा पाखाेबारीमा पनि सजिलै प्रयाेग गर्न सजिलो हुने भएकोले किसानलाई हाते ट्याक्टर बितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

किसानको मागका अाधारमा गाउँपालिकाका विभिन्न व्यक्ति, समूह र फर्मलाई अनुदानमा ट्याक्टर दिइएको अधिकारीले बताए । म्याग्दे गाउँपालिकामा २० हजार राेपनि क्षेत्रफलमा धान लगाइने र ३८ सय मेट्रिकटन धान फल्ने कृषि शाखा प्रमुख ढुंगानाले जानकारी दिइन् । कार्यक्रममा कार्यपालिका सदस्य बद्रीका घिमिरे , लेखा अधिकृत नवराज पाेख्रेल लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी