पूर्वमन्त्री रामशरण बस्नेतः जसले पहिले आफैं प्रयोग गर्ने टेबल फोड्न खोजे

  • ख-
  • ख+

पोखराः बजेट पारित गर्न नदिने योजनामा रहेका एमाले सांसदहरुले बुधबार पनि विरोध जारी राखेका थिए । तर अब पनि बजेट पारित नभएमा प्रदेश सरकार नै अघि बढ्न नसक्ने देखिए पछि सत्तापक्षले गण्डकी प्रदेश सभामा मार्सल लगाएर विनियोजन विधेयक अघि बढायो ।


मार्सल लगाएर विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री सदनमा अघि बढ्नै लाग्दा विपक्षी एमाले सांसदहरुले नाराबाजी गर्न थाले । नाराबाजीमै सीमित नभएर केही सांसद तथा पूर्व मन्त्री कुर्सी र टेबल ठोक्न थाले ।


त्यसैक्रममा पूर्व मन्त्री एवं हाल एमालेका सांसद रामशरण बस्नेतले मार्सलको प्रतिवाद गर्दै टेबुल फालेका थिए । त्यही टेबुल केही दिन अघि आफू मन्त्री हुँदा प्रयोग गर्ने मन्त्री बस्नेत आज भने आक्रोशमा थिए । र, विभिन्न सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण भैरहेको कार्यक्रममा बस्नेतले सबैका सामु टेबुल फालेर विरोध जनाए ।


त्यसको केही बेरमा विनियोजन विधेयक बजेट पारित भएको थियो । एमालेले आफूले भनेका विषय बजेटमा नपरेको भन्दै विरोध जनाउँदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी