गण्डकीको बजेट पारित,विनियोजन विधेयकमा मार्सल लगाइयो

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ ।

यस अघि एमाले सांसदले छलफलका क्रममा अवरोध गरे पछि मार्सल लगाएर प्रदेश सभामा विनियोजन विधेयक पारित गराइएको थियो । लगत्तै सभामुख नेत्रनाथ अधिकारीले बजेट निर्णयार्थ प्रस्तुत गर्न अनुमति दिएका थिए ।

त्यस समयमा एमालेका सांसद सदनबाट बाहिरिएका थिए । बहुमतका आधारमा बजेट पारित भएको घोषणा सभामुख नेत्रनाथ अधिकारीले गरे ।


बजेटमा सत्तापक्षका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङले समर्थन गरे पछि पारित भएको छ । यस अघि एमालेले बजेट पास गर्न नदिने रणनीति बनाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी