संक्रमण बढेपछि ऋषिङमा एकसाता ‘लक डाउन’

  • ख-
  • ख+

ऋषिङ: जनप्रतिनिधिसहित ११ जनामा एकैसाथ संक्रमण देखिएपछि तनहुँको ऋषिङ गाउँपालिकाले एक साताका लागि बन्दाबन्दी घोषणा गरेको छ । लामो समयपछि सोमबार एकैचोटि धेरै जनामा संक्रमण देखिएपछि गाउँपालिकाले एक सूचना जारी गर्दै सोमबारबाट असोज ५ गतेसम्म एक साताका लागि बन्दाबन्दीको घोषणा गरेको हो ।


गाउँपालिकाले यस अवधिमा अत्यावश्यकबाहेकका सेवा सञ्चालनमा नल्याउने निर्णय गर्दै नागरिकलाई गाउँपालिका क्षेत्रभित्र अनावश्यक हिंडडुल नगर्न अनुरोध गरेको प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेलले बताए ।


विद्यालय खुलाउने तयारीमा रहेको गाउँपालिकाले विद्यालयसहित बैंक तथा वित्तिय संस्था आदि सबै बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाले सार्वजनिक यातायात सेवा पनि एक साताका लागि बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।

उनले होम क्वारेन्टिनका व्यक्तिहरु र जनप्रतिनिधि केहीमा समेत संक्रमण देखिएकाले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान र पुनः पीसीआर परीक्षण गर्दै संक्रमण फैलन नदिनका लागि बन्दाबन्दी गर्ने निर्णय भएको जानकारी दिए ।

गाउँपालिकाका एक सय ५८ जनाको स्वाब लिइएकामा विदेशबाट फर्केका १० र एक जनप्रतिनिधिमा संक्रमण भेटिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी