पहिरोले क्षति पुर्याएकाे गुणादीका परिवारलाई गाउँलेकाे सहयोग

  • ख-
  • ख+

गुणादी : पहिरोले क्षति पुर्याइ बेसहारा बनेको गुणादीका परिवारलाई गाउँलेहरूले पैसा उठाइ सहयोग गरेका छन् । म्याग्दे गाउँपालिका वडा नँ १ स्थित प्रकाश खनालकाे घरमा असार १७ गते घर पछाडि बाट अाएकाे पहिरोले क्षति पुर्याएकाे थियो ।

पहिरोमा परि त्यहि घरमा डेरा गरि बस्ने कालू तामाङकाे दुईवटा नावालक छाेरिहरू लाई १५ मिनेट पछि छिमेकीहरूले उद्वार गरेका थिए । मानविय क्षति हुन नपाए पनि उनिहरूकाे सबै सामान पुरिएको थियो र घर समेत काम नलाग्ने अवस्थामा पुगेको थियो ।

अहिले घरबेटि प्रकाशकाे परिवार पनि अाफन्तकाेमा अाश्रय लिएर बसिरहेको छ । न्यून अाए भएका र दैनिक ज्यालादारी गरेर खाने तामाङ परिवार अलिअलि भएको लत्ताकपडा र खाद्यान्न समेत निकाल्न नपाउँदा दैनिकी टार्ने समस्यामा छ ।

यहि समस्यालाई बुझि गाउँका सबै घरमा पुगेर रकम संकलन अभियान चलाईएकाे कृष्ण खनालले बताए । गुणादीमा सबै जसाे ठाउँमा पुगि स्वइच्छाले पैसा उठाउँदा पहिलो दिनमा ६ हजार ८ सय संकलन भएको र उक्त रकम म्याग्दे गाउँपालिका वडा नँ १ का अध्यक्ष शिवसरण वाग्लेकाे राेहवरमा बुझाइएको खनालले बताए ।

साे अवसरमा वडा अध्यक्ष वाग्ले सहित माथिल्लो गुणादी टाेलका अध्यक्ष लक्ष्मण श्रेष्ठ , स्थानीय शिवदत्त खनाल लगायतको उपस्थिति रहेको थियो । रकम पाएपछि तामाङ परिवार गाउँलेहरूलाई धन्यवाद दिँदै दुखमा साथ दिएको भन्दै खुसि भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी