तनहुँ निषेधाज्ञा असार २४ सम्म

  • ख-
  • ख+

दमौलीः जिल्ला कोभिड संकट व्यवस्थापन समिति तनहुँले असार २४ गतेसम्म निषेधाज्ञा थप गर्न सिफारिस गरेको छ ।


प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा आज तनहुँ प्रशासनमा बसेको बैठकले यस्तो सिफारिस गरेको हो ।

बैठकले अब अत्यावश्यक सेवाका पसलहरु बिहान पाँच देखि १० बजेसम्म र थप खुला गरिएका व्यवसाय बिहान ८ देखि दिउँसो १ बजेसम्म खुलाउन सिफारिस गरेको छ ।
यही आधारमा प्रशासनले केही समयमा निषेधाज्ञा जारी गर्दैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी