असार तेश्रो साताबाट ७७ वटै जिल्लामा चिनियाँ खोप

  • ख-
  • ख+

काठमाडौंः कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको छ।

भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई असार २२ गते (शनिबार) देखि दोस्रो डोज लगाइने स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसअन्तर्गत गत जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर भेरोसेलको पहिलो डोज लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो डोज दिइनेछ।

बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त सुचना दिएको हो। खोप लगाउनका लागि यसअघि खोप लगाउँदाको कार्ड अनिवार्य ल्याउनुपर्ने उक्त विज्ञप्तीमा उल्लेख छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्