ईमान्दार चालक, जसले बाटामा भेट्टाएको एक लाख धनीलाई बुझाए

  • ख-
  • ख+

दमौलीः बाटोमा पैसा, मोबाईल अनि सुन भेटाउनुभयो भने तपाईं के गर्नुहुन्छ ? निश्चय नै वारेस कोही नभएमा भेटिएको पैसा भेटाउनेले नै राख्छन् । त्यति धेरै धनमाल फेला पारे पनि आफूले नराखेर एक चालकले भने ईमान्दारिताको परिचय दिएका छन् ।
घटना आईतबारको हो ।

तनहुँको म्याग्दे गाउँपालिका–३ पसलेका मालबाहक सवारी चालक सामान लिएर लमजुङमा मौरी लिएर जाँदै थिए । जाँदा जाँदै उनले व्यास ७ दुलैपानीमा मनी ब्याग देखे । रोकिएर हेर्दा चेतबहादुर चदारोले त्यसमा मोबाईल्, नगद तथा सुनसमेत भेटे ।

झण्डै एक लाख बराबरको त्यो सामग्रीमा रहेको सम्पर्कका आधारमा चदारोले धनी अस्मिता शाहीलाई सम्पर्क गरेर हस्तान्तरण गरेका हुन् ।
‘दमौलीबाट घर जाँदा मोटरसाईकलबाट खसेको थियो,’ शाहीले भनिन्,‘बाटामा कता खस्यो । पाउने त आशै थिएन ।’ उनले सबै मानिसहरु बेइमानी नहुने महसुस गरेको बताइन् ।

चालक चदारोले केही छिनका लागि खुशी मिले पनि अरुको धनले फाइदा हुँदैन भन्ने लागेर शाहीलाई फोन गरेर लिन बोलाएको बतए ।

तस्बिर सौजन्यः सन्त नेपाली

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी