तनहुँ निषेधाज्ञाः केही व्यवसाय मात्र खोल्न दिने निर्णयमा हाम्रो आपत्ति छः अध्यक्ष श्रेष्ठ (कुराकानी)

  • ख-
  • ख+

दमौलीः सीमित व्यवसाय मात्र खोल्न दिने गरी निषेधाज्ञा थप भएको विषयमा तनहुँ उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिको आईतबारको बैठकले असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो । तर यसपाली केही थप व्यवसाय र सेवाप्रदायक क्षेत्र खोल्न दिने गरी भएको निर्णयमा व्यवसायीको छाता संस्था तनहुँ उद्योग वाणिज्य संघले भने आपत्ति जनाएको छ ।


दमौली न्युजसँग कुरा गर्दै संघका अध्यक्ष पबिन्द्रकुमार श्रेष्ठले भने,‘यो निर्णयमा हाम्रो असहमति छ ।’ समितिको बैठकमा आमन्त्रित सदस्यसमेत रहेका श्रेष्ठले निर्णय हुने बेला असहमति जनाउँदै बैठक समेत छाडेका थिए ।

उनको भनाई जस्ताको तस्तैः
बैठकको निर्णयमा हाम्रो आपत्ति छ । पसल खोल्ने भए सबै खोल्न पाउनुपर्छ भनेर हामीले माग राखेका हौं तर प्रजिअले हुँदैन भने पछि मैले बैठक छाडेको हुँ ।
विगतका बैठकमा सेवाप्रदायक क्षेत्रमा सुरक्षा अपनाउँदै भिडभाड हुने ठाउँमा अनिवार्य एक जनाको एन्टिजेन टेस्ट गर्ने निर्णय भएको थियो तर अझसम्म त्यो कार्यान्वयन हुन सकेको छैन ।

स्याङजा, पर्वत र कास्कीमा पहिले तनहुँमा भन्दा बढी जोखिम थियो । अहिले ती क्षेत्रमा कमी आयो । तर तनहुँमा यति लामो लकडाउनमा पनि किन संक्रमित कम हुन सकेनन् ?


स्याङजा, पर्वत र कास्कीमा पहिले तनहुँमा भन्दा बढी जोखिम थियो । अहिले ती क्षेत्रमा कमी आयो । तर तनहुँमा यति लामो लकडाउनमा पनि किन संक्रमित कम हुन सकेनन् ?


हामीले सुरक्षा र सतर्कता अपनाएर खोल्न मिल्नेसम्म सबै व्यवसाय खुला गर्न दिनुपर्छ भनेका हौं । होटललाई अर्डर आए डेलिभरी दिने, ब्युटी पार्लरको सेवा नदिए पनि सामग्री बिक्री गर्न दिने गर्न सकिन्छ । सार्वजनिक यातायात नखुल्ने र पार्टी प्यालेस र जिम हल नखुल्ने भएकाले मानिसको भीड पनि धेरै हुँदैन ।

सार्वजनिक यातायात नखुल्ने र पार्टी प्यालेस र जिम हल नखुल्ने भएकाले मानिसको भीड पनि धेरै हुँदैन ।


बरु आवतजावतमा कडाई गरौं भन्दा सुनुवाई भएन । यथास्थितीको लकडाउन हामीलाई मान्य छैन । व्यवसायी मर्कामा परेका छन् । अरु व्यवसाय खोलेर चाहेर पनि भिडभाड हुँदैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्