बजार एकाईको मागः व्यापारीलाई निःशुल्क खोप दिइयोस्, १२ बजेसम्म पसल खोल्न पाइयोस्

  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईले सबै व्यवसायीलाई कोभिडविरुद्धको खोप निःशुल्क दिन सरकारसँग माग गरेको छ ।


एकाईका सभापति भुपाल आलेको अध्यक्षतामा दमौलीमा बसेको सर्वंपक्षीय बैठकले यस्तो माग गरेको हो । बैठकले हरेक दिन मध्याह्न १२ बजेसम्म पसल खोल्न पाउने व्यवस्था गर्न समेत प्रशासन र स्थानीय तहसँग माग गरेको छ ।


बैठकले व्यवसायीको बैंक तथा वित्तिय संस्थाको ब्याज छुट तथा किस्ता भुक्तानीको समय थप गर्न समेत बैंकसँग माग गरेको एकाईका सचिव माधव न्यौपानेले जानकारी दिए । यसैगरी आन्तरिक राजस्व कार्यालय र स्थानीय निकायमा कर छुटका ल ागि समेत बैठकले माग गरेको छ ।


बैठकले जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकमा व्यवसायीको छाता संगठन तनहुँ उद्योग वाणिज्य संघलाई अनिवार्य सहभागी गराउन समेत माग गरेको छ । एकाईले यी मागहरु तनहुँ उद्योग वाणिज्य संघमार्फत सम्बन्धित निकायमा पुग्ने अपेक्षा समेत गरेको सभापति आलेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी