
यूएईः मध्यपूर्व यूनाईटेड अरब ईमिरेट्स (यूएई) मा स्थापन भएका कृयाशील सामाजिक संघ संस्थाहरुले नेपाल सरकारलाई दैनिक ५ वटा हवाई उडान हुनु पर्ने माग गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीलाई यूएईमा रहेका ४४ सँघसंस्थाको तर्फबाट नेपाली समाज एक पत्र लेख्दै उक्त माग राखेको हो ।
करिब चार लाख नेपालीहरु कार्यरत यूएईमा ५० हजार भन्दा बढीले नेपाल फर्कन चाहेको बताएपनि हाल सम्म १५ हजार भन्दा बढी नेपाल फर्किएको बताईएको छ ।
अझै ३५ हजार नेपाली स्वादेश फर्कने आशामा रहेको पत्रमा उल्लेख छ ।
नेपाली दुतावास अबुधावी मार्फत प्रेषित पत्रमा पर्यटन मन्त्री र श्रम मन्त्रीलाई समेत सम्बोधन गरिएको छ भने यूएईमा रहेका ४४वटा संस्थाले पनि संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
पत्रमा के छ पढ्नुहोस् ।
