मलेशियाबाट श्रमिकको गुनासोः सरकार नियमित हवाइ भाडादर महँगो भयो !

  • ख-
  • ख+

मलेसिया ः मलेसियाबाट स्वदेश फर्कनका लागि हवाइ भाडादर महँगो भएको भन्दै श्रमिकले गुनासो गरेका छन् ।


मलेसियास्थित विभिन्न संघ संगठनले सरकारलाई नियमित उडानले चार्टर उडान भन्दा पनि सस्तो पर्ने आंकलन गरिएकोमा त्यस्को पनि दोब्बर महङ्गो भाडादर भएको भन्दै भाडादर घटाउन सरकारसँग माग गरेका हुन् ।


त्यहाँको पुरानो संगठन “नेपाल आदिवासी जनजाति महासंघ” र “नेपाली मजदुर एकता समाज” ले मलेसियाबाट चार्टर उडानमा भन्दा पनि हालको नियमित उडानको महङ्गो भाडादरले आर्थिक भार बोकेर श्रमिकहरु स्वदेश फर्किन असम्भव भएको विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।
महासंघले सरकारलाई सुलभ र उचित भाडादर कायम गरि नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तिमा सहज गराइदिन समेत माग गरेको छ ।


लकडाउन अघि नियमित उडानमा करिब ७ सय रिङगेटको सेरोफेरोमा हवाई भाडादर हाल चार्टर उडानको लागि सरकारले १५ सय ९० रिङगेट भाडादर तोके पनि नियमित उडानमा भने करिब २ हजार देखि २५ सय रिङ्गेट सम्म तिर्नु पर्न बाध्यता भएको श्रमिकको गुनासो छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी