बाल यौन दुराचार मुद्दामा फरार व्यक्ति पक्राउ

  • ख-
  • ख+

दमौलीः बाल यौन दुराचार मुद्दामा फरार आँबुखैरेनी ३ चिसापानीका एक व्यक्तिलाई प्रहरीले पक्रेर अदालत बुझाएको छ ।


बाल यौन दुरुपयोग मुद्दामा तत्काल धरौटी बुझाएका स्थानीय ३४ वर्षका जयकृष्ण श्रेष्ठलाई २०७६ साउन २९ गते तनहुँ जिल्ला अदालतले दुई महिना पाँच दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना तिराएको थियो ।


तर फैसला भएयता फरार उनलाई एक वर्ष पछि आईतबार प्रहरीले उनलाई घरबाटै पक्रेको छ । पक्रेर अदालत बुझाएकामा उनलाई सजायका लागि तनहुँ कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले बताए ।


३ वर्षपछि जुवा मुद्दामा फरार पक्राउ
जुवा मुद्दामा फरार रहेका आँबुखैरेनीकै दुईलाई पनि प्रहरीले पक्रेको छ । तीन वर्ष अघि २०७४ असोज २९ गते अदालतले जुवा मुद्दामा तीन सय जरिवाना तोके पनि नबुझाईकन फरार रहेका आँबुखैरेनी ३ का मंगल बहादुर पाख्रिन र रमेशकुमार श्रेष्ठलाई अदालत पेश गरिएकामा जरिवाना तिरेर उनीहरु रिहा भएको प्रहरीले जनाएको छ ।


पछिल्लो समय पुराना फैसला कार्यान्वयनमा जोड दिएको अदालनलाई प्रहरीले सघाइरहेको छ । तीन महिनायता फरार रहेका सजाय भुक्तान गर्न बाँकीलाई प्रहरीले धमाधम पक्रन थालेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी