एम्बुलेन्स ल्याउन रेडक्रस दुम्सीकोटको अभियान

  • ख-
  • ख+

दमौलीः नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा व्यास१० ले एम्बुलेन्स सेवा थाल्न आर्थिक संकलन अभियान शुरु गरेको छ ।


आगामी आठ महिना भित्रमा सेवा सुचारु गर्ने उद्देश्यका साथ शुरु सामुदायिक एम्बुलेन्स सेवा अभियानको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रदीप घिमिरेले शुभारम्भ गरे । उनले अभियानका लागि सघाउने प्रतिवद्धता जनाए ।


रेडक्रस सोसाइटी जिल्ला सभापति कृष्णहरि वाग्लेले एम्बुलेन्स सेवा उदाहरणीय हुने बताए ।व्यास १० का अध्यक्ष एवं उपशाखाका पूर्व सभापति तुलसीराम सापकोटाले अभियान सफल पार्न वडाका तर्फबाट सघाउने प्रतिवद्धता जनाए ।
अर्थ संकलन समितिका संयोजक ईश्वर पौडेलले शुभारम्भ पश्चात पहिलो दिन रकम संकलनको आह्वान गरे पश्चात कार्यक्रम स्थलमै तीन लाख २० हजार भन्दा बढी रकम संकलन गरिएको अर्थ संकलन समितिका सदस्य सचिव श्रीकृष्ण आचार्यले जानकारी दिए ।

उपशाखा सभापति रामदत्त पौडेलले सामाजिक अभियानमा काम गरिरहेको शाखाले आठ महिना भित्र एम्बुलेन्स सेवा आरम्भ गर्ने लक्ष्य लिएको बताएको सचिव यमप्रसाद सापकोटाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी