विपद्का सबै जानकारी भएको वेबपोर्टल सञ्चालनमा

  • ख-
  • ख+

दमौलीः विपद्का समयका लागि आवश्यक सम्पूर्ण जानकारी समेटिएको वेबपोर्टल
vyasmun.bipadportal.gov.np व्यास नगरपालिकामा सञ्चालनमा आएको छ ।

विपद्का समयमा आवश्यक सूचना, जोखिमको अवस्था तथा तथ्यांकहरु समेत समावेश गरिएको पोर्टललाई युथ इनोभेसन ल्याबले व्यास नगरपालिकाका लागि तयार पारेको हो । यसमा बिपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिम सम्बन्धि जानकारी साथै क्षमता र संसाधनका विभिन्न तथ्यांक र सूचना राखिएको छ ।


पोर्टलको नगर प्रमुख बैकुण्ठ न्यौपानेले शुरुवात गरे । उनले नगरपालिकाको रणनीतिक योजना बनाउन यसले सघाउने भन्दै सूचना र तथ्यांकलाई थप अद्यावधिक गर्ने प्रतिबद्धता जनाए ।


बिपद् पोर्टलमा शिक्षा, स्वास्थ्य, बित्तियसंस्था, उद्योग, पर्यटन, संस्कृतिकधरोहर, लगाएत नगरपालिकामा रहेका विभिन्न पूर्वाधारको सूचना संकलन संकलन भइसकेको हुदा भविस्यमा हुने कुनै पनि बिपद्का घटना हरुलाई प्रतिक्रिया गर्न मदत मिल्ने युथ ईनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदिप खतिवडाले बताए ।


नगरपालिकाले भविस्यमा हुनसक्ने जोखिमलाई पहिचान गरि दीर्घकालीन योजना बनाउने सक्ने पनि उनले जानकारी दिए । ल्याबका अनुसार व्यास नगरपालिकासहित १३ पालिकामा युथ ईनोवेसन ल्याबको प्राविधिक सहयोग र यु.एस.एआइडीको आर्थिक सहयोगमा स्थानीयस्तरमा यस्ता पोर्टल तयार पारिएको छ ।

ल्याबले तयार पारिदिएको पोर्टलमा नगरपालिकाले अब नियमित रुपमा नागरिक तथा विपद्का बेला खटिने निकायका लागि चाहिने जानकारी अपडेट गर्ने पोर्टल निर्माणमा सक्रिय इञ्जिनियर मिलन हड्खलेले जानकारी दिए ।

पोर्टलले के के गर्छ त ?

ज्ञ. विपद्‌ पोर्टलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि चाहिने पूर्वतयारी, पूर्व चेतावनी र प्रतिकार्यमा सुदृढ पार्ने क्षमता राख्नुका साथै यसले विपद् जोखिमको संचार र विपद् पछिको घटनामा समन्वय गर्न र तथ्यमा आधारित रहेर विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित योजना तर्जुमा गर्न र स्थानीय स्तरमा सूचित निर्णय लिन र नीति बनाउन समेत मदत पुर्यानउँछ


िद्द. विपद् पोर्टलले जलविज्ञान र मौसम सम्बन्धी जोखिम जस्तै( भारी वर्षा र बाढी, वातावरणीय जोखिम जलवायु प्रदूषण र भूकम्प जस्ता भुवार्गीय जोखिमको सूचना दिन्छ। जब चेतावनी वा खतरा सीमा मानहरू पार गर्छ, विपद् पोर्टलमा चेतावनी सूचना प्रदर्शित हुन्छ। यी चेतावनी सूचना स्थानीय सरकारलाई प्रतिक्रिया र प्रारम्भिक कार्यहरूको लागि योजना बनाउन उपयोगी हुन्छ । सतर्कताहरूले नगरपालिकाहरूलाई सम्भावित जोखिममा अद्यावधिक रहन र प्रकोपहरूको तयारीका लागि जानकारी प्रदान गर्न मद्दत पु¥याउँछ र सो तथ्याङ्क (डाटा) लाई प्रतिक्रिया र जोखिम प्रभाव विश्लेषणको लागि प्रयोग गर्न सक्दछ ।


घ. यसैगरी, विपद् पोर्टलले नेपालको विभिन्न स्थानमा भइरहेको आगलागी, पहिरो, बाढी, सर्पको टोकाई जस्ता घटनाको बारेमा जानकारी दिन्छ । यी घटनाका तथ्याङ्क (डाटा) हरु स्थानीय सरकारले प्रतिक्रिया, पुनःप्राप्ति र पुनःस्थापना, जोखिम प्रभाव विश्लेषणको लागि योजना बनाउनका लागि प्रयोग गर्न सक्दछ।


द्ध. विपद् पोर्टलमा २०११ देखीको क्षति र नोक्सान सम्बन्धी जानकारी समावेश गरिएको छ । यी तथ्याङ्क (डाटा) स्थानीय सरकारको लागि आपतकाल पछि पुनःप्राप्ति, पुनःस्थापना र पुनर्निर्माणको लागि योजना बनाउन उपयोगी छ।


छ. त्यसैगरी विपद् पोर्टल मार्फत नगरपालिकाले वर्षा र नदिको जलस्तर अनुगमन, भूकम्प, वायु प्रदुषण र डढेलोको रियलटाइम तथ्याङ्क (डाटा) अवलोकन गर्ने सक्दछ जुन प्रारम्भिक तयारी कार्यको लागि सहयोगी हुन्छ । य विपद् पोर्टल विभिन्न विपद् सम्बन्धित तथ्याङ्क (डाटा) को भण्डार पनि हो जसले संकटासन्नता, प्रकोप, सम्मुखता, जोखिम, क्षमता र साधन (शैक्षिक संस्था, स्वास्थ्य संस्था, बैंकिंग र वित्त संस्था, पर्यटन, धार्मिक स्थान, उद्योग, सञ्चार, खानेपानी आपूर्ति योजना, यातायात, बिजुली, जलवायु) परिवर्तन सम्बन्धित जानकारीहरू दिन्छ । स्थानीय सरकारले यी तथ्याङ्क र जानकारीहरूको प्रयोग गरी विपद् जोखिम न्यूनीकरण गर्न र तथ्यमा आधारित रहेर विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित कार्य योजना बनाउन, विकासका निमार्ण योजना तर्जुमा गर्न सक्दछ ।


ड्ड त्यसैगरी यही पोर्टल मार्फत नगरपालिकाहरूले प्रकोप सम्बन्धित कागजात, स्थानीय, वार्ड, र समुदाय स्तरमा प्रकोप व्यवस्थापन समितिका सदस्यहरूको सम्पर्क जानकारी, स्थानीय सरकारले प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परियोजनाहरू सम्बन्धी डाटा र जानकारी एकीकृत गर्न सक्दछ ।


ड्ड त्यसैगरी यही पोर्टलमा नगरपालिकामा उपलब्ध इन्भेन्टरी र स्टकपाइल डाटा हेर्न सकिन्छ जुन विपद् प्रतिक्रिया र राहत वितरणको समयमा महत्त्वपूर्ण हुन्छ ।


ट. त्यसैगरी विपद् पोर्टलले नगरपालिकाबाट निकाशा गरिएको रकमको र वितरण गरिएको रकमको सम्बन्धी जानकारी दिन्छ। एक निकाय देखि अर्को निकायमा हुने कोषको रकम निकाशाको विवरण देखाउँछ । जसबाट स्थानीय सरकारलाई प्रकोपको समयमा प्रकोप व्यवस्थापन कोषको ँयिध र च्भभिबकभ प्रबन्ध गर्न सहयोग गर्दछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी