राज्यले उद्योग खोल्ने होइन, निजी क्षेत्रलाई सघाउनुपर्छ

  • ख-
  • ख+

देवकुमार श्रेष्ठ
राज्यले वर्षौं अघि देखि करोडों र अर्बौंको लगानी गरी राष्ट्रिय पूँजी लगाएका उद्योग कल कारखÞानालाई जीर्ण राख्नु हामी सबैका लागी नोक्सान हो । तसर्थ तिनलाई संचालनमा ल्याउन आवश्यक छ । वैदेशिक लगानी भित्र्याउनु भनेको हामी थप पर निर्भर बन्नु र वैदेशिक प्रतिष्पर्धाको झट्का खेप्नु हो । एउटा मजदुरले मज्दुरी गर्नुलाई पनि राष्ट्र सेवा गरेको महसुस गर्न सक्ने मूलुकले मात्र आर्थिक समृृद्धि हासिल गर्नेछ ।


जोसँग जे क्षमता छ त्यसको अधिकतम उपभोग गर्न सके मात्र मूलुक समृद्ध बन्न सक्दछ । नेपालीले आफ्नो अवसर अरूलाई दिने अनि आफूले विदेशीको मजदुरी लिने गर्दै जाने हो भने यस्तो कदमले देश र देशवासीको आर्थिक अवस्था झनै जर्जर बनाउने खतरा छ । यसबाट जोगिनका लागि तीन कुरामा मुख्य ध्यान दिनु जरुरी छः पहिलोः लगानी, दोस्रोः व्यवस्थापन अनि तेस्रो रोजÞगार ।

लामो समयदेखि बन्द वा बन्द हुने खतरामा पुगेका रुग्ण उद्योगलाई शैयाको बिरामीलाई जसरी नै हामीले सेवा र योगदान दिन जÞरूरत पर्दछ । त्यसो नहुनु भनेको हामी राष्ट्रप्रति अनुत्तरदायी बन्नु हो । वृद्ध र बालकको सेवा जोसँग क्षमता हुन्छ उसले नै गर्दछ ।

जोसँग जे क्षमता छ त्यसको अधिकतम उपभोग गर्न सके मात्र मूलुक समृद्ध बन्न सक्दछ । नेपालीले आफ्नो अवसर अरूलाई दिने अनि आफूले विदेशीको मजदुरी लिने गर्दै जाने हो भने यस्तो कदमले देश र देशवासीको आर्थिक अवस्था झनै जर्जर बनाउने खतरा छ ।


उद्योग सरकार आफूले चलाउनु भनेको यो कम्यूनिस्ट नीति अनुरूप सम्पत्तिको अधिकार नेतृत्वमा राख्नु हो । तथापि जुन धर्तीमा जे छ त्यसलाई अधिकतम उपभोग गर्नु पर्छ अन्यथा चुहिने झोलामा चिनी राख्यसरह हुन्छ । तसर्थ रूग्ण उद्योग सदा सर्वदा राज्य को सरकारको हातमा रहनु हुँदैन यो औजÞार हो । सरकारले उद्योग परिचालनबाट लाभ प्राप्त गर्न सक्दैन, त्यो निजी क्षेत्रलाई परिचालन गर्न दिएमा सफलता हाासिल गर्न सक्नेछ ।


खेलाडी टिमले आ–आफनो क्षेत्रबाट बललाई पास गरे जसरी आर्थिक क्षेत्रलाई टेवा दिनु पर्ने भएकाले रूग्ण उद्योग परिचालन गर्दै दोस्रो बजार र श्रम बजारलाई हस्तान्तरण गर्दै जानु मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न सक्दछ । त्यसकारण माछा मार्न जान्नेले माछा मारि दिएन भने माछा खानेले खान पाउँदैन ।

तत्कालीन सरकारहरूले उद्योगबाट उत्पादित वस्तुहरूलाई राजनीतिक स्वार्थमा परिचालन गरि चालु पूँजी नै सकेकाले हाम्रा राष्ट्रिय उद्योगहरू ‘‘मासु झरेको माछा बन्न पुगेका हुन् ।

तसर्थ हामी निजी क्षेत्रले सरकारी राष्ट्रिय बजार र निजी क्षेत्र दुवै बजारको दायित्व र तराजÞुको कर्तव्य पुरा गर्दै वैदेशिक लगानीलाई निरुत्साही गराउँदै जानु भनेको आफू र आफनो मुलुकलाई हित हुनु हो ।


तत्कालीन सरकारहरूले उद्योगबाट उत्पादित वस्तुहरूलाई राजनीतिक स्वार्थमा परिचालन गरि चालु पूँजी नै सकेकाले हाम्रा राष्ट्रिय उद्योगहरू ‘‘मासु झरेको माछा बन्न पुगेका हुन् ।


राष्ट्रिय रुग्ण उद्योग परिचालनको नीति निर्माण अधिकार र दायित्व निजी क्षेत्रलाई ६०% र राज्य सरकारलाई ४०% को दरबन्दीमा मात्र सफल हासिल हुन सक्दछ र प्रत्येक वर्ष १ % प्रतिशत श्रम बजारले ओगट्दै जाने छ । यसले पूर्णरूपमा निजी क्षेत्रलाई प्राप्त हुनुको साथै वैदेशिक निर्यातमुखी बन्न सक्नेछ ।
दोस्रो पूँजी बजारको विकास गरी बैंक, शिक्षा, स्वास्थ्य, निजी उद्योग धन्दा परिचालन गर्ने क्षमता निजी क्षेत्रसँग छ ।

(लेखक नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन् । )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी