निषेधाज्ञा पालना गरिदिन भानु मेयरको अपिल

  • ख-
  • ख+

भानु, भाद्र १५ ।
भानु नगरपालिकाका नगर प्रमुख उदयराज गौलीले निषेधाज्ञा पालनामा सघाइदिन नागरिकसँग अपिल गरेका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै नगर प्रमुख गौलीले कोरोना संक्रमणको उच्च जोखिममा नगरपालिका देखिएकाले २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको भन्दै कोरोना नियन्त्रणका लागि सघाइदिन नगरवासीसँग अपिल गरेका हुन् ।

‘निषेधाज्ञाका कारण नागरिकको दैनिक जनजीवनमा पर्न गएको असरप्रति संवेदनशिल छु,’ विज्ञप्तिमा भनिएको छ,‘यस महामारीलाई परास्त पार्न सबैको सहयोग अपरिहार्य छ ।’


विज्ञप्तिमा कन्ट्याक्ट ट्रेसिङ गरिएका व्यक्तिको संक्रमणको अवस्था पत्ता लगाउन कम्तिमा पाँच देखि १० दिनसम्म लाग्न सक्ने भएकाले तोकिएको अवधिसम्म बन्दाबन्दीको पालना गर्न र समस्या परे स्वास्थ्यकर्मीसँग सम्पर्क राख्न अनुरोध गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी