तपाइंसँग हाम्रो यात्रा

  • ख-
  • ख+

संसार परिवर्तनशील छ । सूचना र प्रविधिमा नयाँ आयामको विकास र विस्तारसँगै सञ्चार जगतले पनि यसलाई आत्मसात गरिरहेको छ । खासगरी २१ औं शताब्दीमा ईन्टरनेट प्रविधिमा भएको द्रुततर विकासले नयाँ धारमा आफूलाई अनुकुल बनाउनुपर्ने बाध्यतामा सञ्चार जगत पनि आइपुगेको छ । खासगरी कोभिड १९ को संकट पछि विकसित परिस्थितिले मुलधारका सञ्चारमाध्यमलाई पनि अनलाईन अनुकुल विकास गर्नुपर्ने दबाब सिर्जना गरिरहेको छ ।

धेरै पाठकको पहुँचमा सहजता र उपलब्धताका हिसाबले इन्टरनेटमा आधारित अनलाईन सञ्चारमाध्यमले द्रुततर गति लिइरहेको सन्दर्भमा हामीले हाम्रो यात्रा आरम्भ गरेका छौं ।
सञ्चार क्षेत्रलाई प्रधान बनाएर सुसुचित बनाउने कार्यमा संलग्न सञ्चारकर्मका अनुभवी, सञ्चारमा अत्यन्त लगावपूर्ण सम्बन्ध राख्ने र प्रयोगधर्मी युवाशक्तिको समूह लिएर हामी तपाइंमाझ आएका छौं । हाम्रो उपस्थितीले यस क्षेत्रको सञ्चार जगतमा ठूलो परिवर्तन ल्याउनेछ भन्ने दाबी त हामी गर्दैनौं । तर जिम्मेवार पत्रकारिताका माध्यमबाट यस क्षेत्रका गतिविधि, समस्या अनि सम्भावनाको खोजी हाम्रो प्राथमिकताको विषय हुनेछ ।


आम नागरिकका विषयले आम सञ्चारमाध्यममा प्राथमिकता नपाएको गुनासो यदाकदा नसुनिने होइन । तर हामी मुलरुपमा आम नागरिकका भावनाको प्रतिबिम्ब बन्ने अधिकतम प्रयास गर्नेछौं । हामीले यसलाई तपाइंसँगको यात्राको शुरुवात ठानेका छौं । हामी यो निरन्तरको यात्रामा तपाईंसँगै रहनेछौं ।


प्रतिकुल परिवेशमा भएको हाम्रो प्रवेशले हामीलाई अझ जिम्मेवार ढंगबाट सञ्चारकर्म गर्न मार्गदर्शन गरेको छ । यस्तोमा समाजका प्रवुद्धवर्गको पृष्ठपोषण अनि आम पाठकवर्गको सल्लाह, सुझाव र गुनासाले हाम्रा लागि आफ्नो यात्रा अझ प्रभावकारी बनाउन मार्गदर्शन गर्नेछन् ।

पवन पौडेल
सम्पादक / सञ्चालक

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी