काेराेनाका सक्रिय संक्रमितकाे संख्या १३ हजार नाघ्याे, १३७ जना आइसीयूमा

  • ख-
  • ख+

देशभर काेराेनाका सक्रिय संक्रमितकाे संख्या १३ हजार नाघेकाे छ । पछिल्लो २४ घण्टामा थपिएका ८ सय १८ जनासहित सक्रिय संक्रमितकाे संख्या कुल १३ हजार १ सय ५५ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए । 

नियमित प्रेस ब्रिफिङमा उनले दिएकाे जानकारीअनुसार कुल ३१ हजार ९ सय ३५ संक्रमितमध्ये १८ हजार ६ सय ३१ जना निकाे भइसकेका छन् भने १ सय ४९ जनाकाे मृत्यु भएकाे छ ।

सक्रिय संक्रमितमध्ये १ सय ३७ जना आइसीयूमा छ्न् । १० जना भेन्टिलेटरमा रहेका डा. गाैतमले बताए । क्वारेन्टाइनमा भने ११ हजार ४ सय १४ जना छन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी