आदिकवि भानुभक्त क्याम्पसको क्याम्पस प्रमुखमा डा. रामकुमार अधिकारी नियुक्त

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली : तनहुँको व्यास नगरपालिका–१, विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसको क्याम्पस प्रमुख पदस्थापन समारोह सम्पन्न भएको छ। समारोहसँगै क्याम्पस प्रमुखको जिम्मेवारीमा नियुक्त हुनुभएका डा. रामकुमार अधिकारीलाई औपचारिक रूपमा पदस्थापन गरिएको हो।

क्याम्पस प्रमुखको महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका डा. अधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विकास तथा क्याम्पसको शैक्षिक उन्नयनमा उनको नेतृत्वले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

डा. अधिकारीको कार्यकाल सफल, उपलब्धिमूलक र उदाहरणीय बनोस् भन्दै उपस्थित सबैले शुभकामना दिएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी