गोल्डेन कम्प्युटर सप्लायर्सको आकर्षक अफर,किस्ताबन्दीमा ल्यापटप किन्न पाइने,

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली : तनहुँको व्यास नगरपालिका–२, दमौली स्थित गोल्डेन कम्प्युटर सप्लायर्सले ग्राहकलाई लक्षित गर्दै किस्ताबन्दीमा ल्यापटप खरिद गर्न सकिने आकर्षक योजना सार्वजनिक गरेको छ। कम्पनीले जिरो प्रतिशत ब्याजदरमा ल्यापटप उपलब्ध गराउने योजना ल्याएको हो।

उक्त योजनाअन्तर्गत ४० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम किस्ताबन्दीमा तिर्न सकिने व्यवस्था रहेको छ। नेपाली नागरिकताको आधारमा ल्यापटप खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

गोल्डेन कम्प्युटर सप्लायर्समा नयाँ ल्यापटप खरिद तथा बिक्री, पुरानो ल्यापटपसँग नयाँ ल्यापटप साट्ने (एक्सचेन्ज) सुविधा र सेकेन्ड ह्यान्ड ल्यापटपसमेत उपलब्ध रहेको छ।

त्यसैगरी, ल्यापटप तथा सूचना प्रविधि (IT) सम्बन्धी सम्पूर्ण कामहरू पनि गरिने कम्पनीले जनाएको छ। ल्यापटप खरिद गर्न चाहने विद्यार्थी, शिक्षक, कर्मचारी तथा अन्य सेवाग्राहीका लागि यो योजना उपयोगी हुने अपेक्षा गरिएको छ।

थप जानकारी तथा सेवाका लागि गोल्डेन कम्प्युटर सप्लायर्स, व्यास–२, दमौलीमा सम्पर्क गर्न सकिने प्रो. मिन कुवारले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी