नेपाली कांग्रेस तनहुँको सभापतिमा प्रा.डा. कृष्णप्रसाद गौतम निर्वाचित

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली : नेपाली कांग्रेसका देउवा पक्षीय तनहुँको जिल्ला सभापतिमा प्रा.डा. कृष्णप्रसाद गौतम निर्वाचित भएका छन्।

त्यस्तै जिल्ला अधिवेशनबाट उपसभापतिमा डम्बर अधिकारी र हिरालाल गुरुङ र सचिवमा माधव खनाल निर्वाचित भएका छन् ।

देउवा पक्षीय जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै तनहुँमा पार्टी संगठनलाई थप मजबुत बनाउने जिम्मेवारी नवनिर्वाचित नेतृत्वको काँधमा आएको छ।

उपस्थिति नेताहरुले नवनिर्वाचित सभापति गौतमसहित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी