काठमाडौं: नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार साँझ मन्त्री साहलाई शपथ दिलाएका हुन् ।
अभिव्यक्तिका कारण विवादमा तानिएकी गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।





