दमौली: भोटेकोशी विपतमा परेका बाढीपीडितका लागि स्याङ्जा-तनहुँ सम्पर्क सदनले प्रधानमन्त्री राहत कोषमा रू १३ हजार ५ सय ६० सहयोग गरेको छ ।पीडित परिवारलाई राहत पुर्याउने उद्देश्यले सदनले उक्त रकम राहत कोषमा जम्मा गरिएको हो।
बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित परिवारलाई राहत पुर्याउने उद्देश्यले सदनले विपद्को समयमा पीडित नागरिकको दुःखमा साथ दिनु मानवीय दायित्व भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको स्याङ्जा-तनहुँ सम्पर्क सदनका अध्यक्ष विनोद कुमार विकले बताए।
नेपाल र चीन सीमा क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले सिर्जना गरेको दु:खद घटना प्रति सिङ्गो देश मात्र नभई सिङ्गो राष्ट्र शोकमा डुबेको छ,यस महाबिपत्तिले धेरै टुहुरा टुहुरी हुनका साथै धेरैको काख रित्तो भएको छ,धेरैको सिन्दुर पुछिएको छ । धेरैको सपना चकनाचुर भएको छ । धेरै बेपत्ता मात्र होइन,धेरै घाइते भएका छन् । यस्तो कठिन, दर्दनाक, हृदयबिदारक घटनाले अत्यन्तै मर्माहत, स्तब्ध र भावह्विल बनाएको सदनका अध्यक्ष विकले बताए।
स्याङ्जा- तनहुँ सम्पर्क सदनको परीवारले यस दु:खद घडीमा दिवङ्गत मृतआत्माहरु र यस महाबिपत्तिमा परी ज्यान गुमाउने नेपाली दाजुभाइ, दिदीबहिनीहरू तथा विदेशी नागरिकहरू प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने अदम्य सहास प्रदान होस भनी गहिरो समवेदना प्रकट सहित घाइते भएका सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।





