व्यास कोसेली घरद्वारा ४० हजार ४सय ४५ रुपैयाँ सहयोग

दमौली न्युज
  • ख-
  • ख+

दमौली: नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँका उद्यमी महिलाद्वारा सञ्चालित व्यास कोसेली घरले भोटेकोशी–त्रिशूली बाढीपीडितको राहत तथा उद्धारका लागि ४० हजार ४ सय ४५ रुपैयाँ सहयोग गरेको छ। कोसेली घरले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको हो।

दमौलीको अनशनचौतारीमा सञ्चालनमा आएको कोसेली घरको शुभारम्भ कार्यक्रममा अध्यक्ष कल्पना गौलीले सुरुवाती तीन दिनको व्यापारबाट प्राप्त रकमको १० प्रतिशत उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएकी थिइन्। सोहीअनुसारको रकममा १५ जना उद्यमी महिलाबाट संकलित स्वेच्छिक सहयोग रकम थप गरी सहयोग गरिएको सञ्चालक समिति सदस्य तुलसी सापकोटाले बताइन्।

कोसेली घरमा तनहुँका उद्यमी महिलाले उत्पादन गरेका वस्तुका साथै विभिन्न ठाउँमा उत्पादित विषादीरहित खाद्यान्न, रैथाने उपज, हस्तकलालगायत स्वदेशी सामग्री बिक्रीका लागि राखिएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी