दोस्रो लटमा को-को भए लखपति? राजस्व विभागले सार्वजनिक गर्‍यो नाम

दमौली न्युज
  • ख-
  • ख+

‎काठमाडौं : सरकारले अघि बढाएको करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत दोस्रो चरणमा १ लाखदेखि १० लाख रूपैयाँको बम्पर उपहार विजेताहरूको नाम सार्वजनिक गरिएको छ।अर्थ मन्त्रालयमा सोमबार छनौट गरिएको कुपन नम्बरका आधारमा आन्तरिक राजस्व विभागले विजेताहरूको नाम सार्वजनिक गरेको हो।

 

विभागका अनुसार १० लाख रूपैयाँको बम्पर विजेता बाराका तुल पुडासैनी भएका छन्। उनले १० लाख रूपैयाँमा २५ प्रतिशत आकस्मिक लाभकर कट्टी गरेर ७ लाख ५० हजार रूपैयाँ पाउने छन्। त्यस्तै, १ लाख ३३ हजारको दैनिक पुरस्कार प्राप्त गर्ने १६ जनाको नाम पनि सार्वजनिक गरिएको छ। उनीहरूले २५ प्रतिशत लाभकर तिरेर १ लाख रूपैयाँ प्राप्त गर्ने छन्।

 

एक लाख रूपैयाँ जित्नेहरूमा सप्तरीका योगेश विश्वकर्मा, हेटौंडाका दिनेश तामाङ, काठमाडौंकी अस्क्रना लामा, काठमाडौंकी भगवती सापकोटा, बाँकेका रहिम महमद हवारी, बाँकेकै महेशकुमार पौडेल छन्। त्यस्तै, काठमाडौंका राजेन्द्र थापा, शिवनारायण बडही मिस्त्री, कमल तामाङ, रमेशकुमार कानु, मनिष गौतम र चक्रबहादुर शाहीले पनि एक लाख रूपैयाँ जितेका छन्।

 

रूपन्देहीका चुडामणि दानाई, सुर्खेतका घनश्‍याम तिवारी, महोत्तरीका राकेशकुमार सिंह, चितवनका विकास गुरूङले पनि एक लाख रूपैयाँ विजेता बनेका छन्। पुरस्कार छनोटमा परेका बिलहरूमध्ये सबभन्दा कम २०० रूपैयाँको छ भने सबभन्दा बढी २० हजार रूपैयाँको छ। साभारः सेतोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्