दमौली : व्यास ३ देउरालीनगर (विसघरे)स्थित शिव पाञ्चायन माध्यमिक विद्यालयको २६ औं बार्षिकोत्सव तथा अभिभावक भेला सोमबार सम्पन्न भएको छ ।
वार्षिकोत्सब तथा अभिभावक भेला कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अनुप रानाले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्दै विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सबै एकजुट भएर लाग्नुपर्ने भन्दै, अहिलेको यो प्रतिस्पर्धाको युगमा समयको माग अनुसारको विद्यार्थी उत्पादनमा शिक्षक लाग्नुपर्ने उनले बताए।
शिक्षिका गितान्जली पन्तले स्वागत गरेको कार्यक्रममा प्रधानाध्यापक भरत काफ्लेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सोही कार्यक्रममा विद्यालयबाट सञ्चालित विभिन्न क्रियाकलापमा प्रथम द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यालयमा स्थापित अक्षय कोषदाताहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो। सोही अक्षयकोष बाट गरिब तथा जेहनदार विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरिएको बताइएको छ ।
विद्यालयको वार्षिक उत्सव तथा अभिभावक भेलाको अवसरमा देवि देउराली वाचनालयले शैक्षिक सामाग्री र नगद २५ हजार,गलामबास मगर समाज तथा मोई समुहले नगद १५ हजार,सोही विद्यालयका प्रधानाध्यापक भरत काफ्लेले २५हजार,९ सय १ रुपैंया, शिक्षिका रिमा थापाले २० हजार, अभिभावक मिना रानाभाटले११हजार१ सय ११रुपैंया,धनमाया गौलीले१०हजार५सय५५रुपैंया, मिना मगर १ हजार ५५ रुपैयाँ, कालिका थापा १ हजार ५५ रुपैयाँ, सोविता वि.कले१हजार ,१सय ५ रुपैयाँ विद्यालयलाई आर्थिक सहयोग गरेका थिए ।
कार्यक्रममा विद्यालयका अग्रज अभिभावक तथा पूर्व वि व्य स अध्यक्ष विष्णुभक्त न्यौपाने ,व्यास नगरपालिका वडा नं ३ का वडा सदस्य दधिराज घिमिरे, बिनु श्रेष्ठ,श्रीमाया वि क,देवि देउराली वाचनालय र सिकाइ केन्द्रका अध्यक्ष बाबुराम बगाले,शिक्षक अभिभाभक संघका अध्यक्ष रिखुराम विक, ओम बहादुर थापा, पुल्चोक टोल विकास संस्थाका अध्यक्ष भानु कुमार श्रेष्ठ,सुर्य चन्द्र हड्खले,गलामबास मगर समाजका अध्यक्ष नन्द थापार हरिमाया वि.क लगायत को उपस्थित रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल कुमार थापाको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको सहजीकरण शिक्षक/शिक्षिका द्वय हेमलाल घिमिरे र अनिता सुनारले गरेका थिए।
