दमौलीः रास्वपा व्यास नगर सभापतिमा चुडमणि दाहाल निर्वाचित भएका छन् । उनी यस अघि पार्टीको नगर संयोजक थिए ।
शुक्रबार सम्पन्न अधिवेशनबाट दाहाल अधिक मतका साथ सभापति निर्वाचित भएका हुन् ।
दाहालका अनुसार कुल खसेको एक सय ९८ मत मध्ये उनले एक सय ४२ मत प्राप्त गरे ।
सभापतिका प्रतिष्पर्धीहरु सूर्यचन्द्र लम्सालले २४ तथा सुशील पौडेलले २७ मत पाए ।
यसैगरी, उपसभापतिमा एक सय ३६ मतका साथ नगेन्द्र ढुंगाना निर्वाचित भएका छन् । उनका प्रत्यासी गोविन्द श्रेष्ठले ५८ मत पाए ।
पार्टीको महाधिवेशन प्रतिनिधिमा
एक सय २५ मतका साथ सुर्यभक्त अधिकारी र एक सय १३ मतका साथ राजु दाहाल निर्वाचित भएका छन् । सिकन्दर बक्सले ८८ मत पाएका छन् ।
सचिव पदमा भने भाग्यशाली ढुंगाना सर्वसम्मत भैसकेका छन् ।
