सेतो गुराँस बालबाटिकानै बालबालिकाको लागि लामो शैक्षिक यात्रामा पहिलो कोशेढुंगा बन्न सफल

दमौली न्युज
  • ख-
  • ख+

दमौली : गुणस्तरीय प्रारम्भिक बाल शिक्षा सिकाइको आधारशिला बन्दै गईरहेको सेतो गुराँस बालबाटिका वाल विकास केन्द्रले धेरै बालबालिका लाई राम्रो प्रारम्भिक शिक्षा दिन सफल भएको छ । बालबालिकाका लागि गुणस्तरीय प्रारम्भिक बाल शिक्षालाई नै प्राथमिकतामा राखि,बालबालिकालाई आफ्नो काम आफै गर्नु पर्छ भन्नु प्रारम्भिक शिक्षाको रुप हो ।

वालवालिकाका लागि पहिलो पाठशाला नै सेतो गुराँस बाल विकास केन्द्र नै बाबु नानीहरुको लागि राम्रो प्रारम्भिक शिक्षा रहेको सेतो गुराँसकी शिक्षिका देवी दाहाल पाण्डेले बताईन्। उनले भनिन् “सबै बालबालिकाको गुणस्तरीय प्रारम्भिक बाल शिक्षामा राम्रो भए माथिल्लो कक्षाको सिकाइ राम्रो हुने र दोहोर्‍याउने दर कम भइ शिक्षा प्रणाली थप प्रभावकारी हुन्छ” ।

अभिभावक रुपा गजमेरले “अन्तको स्कुलमा नमानेका बच्चा सेतो गुराँसमा लगे पछि सजिलै मान्ने बताईन्। अन्य उपस्थित अभिभावकहरुले पनि ” सेतो गुराँस वाल विकास केन्द्रको पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रममा खुलेरै प्रशंसा गरेका थिए।उनीहरुका अनुसार शिक्षिका मनुमाया आले, माया थापा, आकृति अधिकारी र राममाया थापा संग वालवालिका राम्रो घुलमिल हुनुका साथै छिट्टै नजिक हुने गर्दथे ।

बालबालिकाको इच्छा, रुचि , व्यवहार, आचरण र उनीहरूको गुणस्तरीय प्रारम्भिक शिक्षामा महत्वपूर्ण भूमिका खेल्ने गरेको र धेरै बालबालिका हरुलाई औपचारिक सिकाई शुरुवात सेतो गुराँस नै भएको अध्यक्ष सरिता भण्डारीले बताइन् । त्यस्तै कार्यक्रममा अन्जु दाहाल लगायतको उपस्थित रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्