दमौली – आफ्नो छोरा छोरी बाँधिएको अबस्थामा हुदाँ कुन आमाको मन दु:खि हुदैन ।मन भरीको पिडा लुकाई पिढीको छेउमा दाम्लोमा बाधिएर राखिएको छोराको अबस्था देख्दा कालिमाया वि कले आफ्नो मन सम्हाल्न नसक्ने अबस्थामा छिन्। तनहुँको व्यास नगरपालिका–८ बर्लाची बस्ने २६ वर्षीय झलक बि.क. दाम्लोमा बाधिएर कष्टकर जिवन बिताइरहेका छन्।जन्मजात बहुअपाङ्गता भएका झलक वि. क.आज आफ्नै घरको खाँबोमा दाम्लोले बाँधिएको जीवन बिताउन बाध्य छन् ।
हिँडडुल गर्न नसक्ने, शरीर नियन्त्रणमा नहुने, जताततै घिस्रेर हिँड्ने र दिसा-पिसाब कपडा मै हुने अवस्थाका कारण झलक वि. क.लाई खुला छोड्न नसकिने बताउँछिन् ,उनको आमा कालिमाया वि.क.ले ‘दाम्लो बाध्यता हो, रहर होइन,’ उनी भन्छिन् । ‘नत्र दुर्घटनाको जोखिम छ, घर–आँगन सबै बिग्रन्छ, म काममा जानैपर्छ, यसलाई हेरेर बस्न भ्याउँदिन’ ।
झलक वि. क. चार वर्षका हुँदा श्रीमान् गुमाएकी कालिमायाको काँधमा त्यस यता सबै जिम्मेवारी आइपरेको छ । खेतबारी, ज्यालामजदुरी र छोराको हेरचाह—सबै उनी एक्लैले धान्दै आएकी छन् । सरकारी कार्यालयदेखि विभिन्न संघ–संस्थासम्म धाइन्, तर ठोस सहयोग कहिल्यै नपाएको उनले गुनासो गरिन ।अपाङ्गता भएका व्यक्तिका लागि उपलब्ध गराइने सेवा–सुविधा झलकको हकमा प्रभावकारी देखिँदैन ।
रिसेड तनहुँले उपलब्ध गराएको ह्विलचेयर समेत उनको अवस्थाअनुसार प्रयोग योग्य छैन । ‘चढाउन–झार्न सकिँदैन, पल्टिने डर छ,’ । कालिमाया भन्छिन्, -‘त्यसैले कोठामै थन्किएको छ’ ।











