सिन्धुपाल्चोकः भारत सरकारले सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकाको वडा नम्बर ३ र वडा नम्बर ६ मा दुई स्वास्थ्यचौकी भवन बनाइदिने भएको छ । भवनको ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले संयुक्त रुपमा शिलान्यास गरे ।
ईन्द्रावती गाउँपालिकाको वडा नम्बर ३ र वडा नम्बर ६ मा रहेका स्वास्थ्य चौकी भवनहरु भारत सरकारको करिब चार करोड लागतमा निर्माण हुँदैछन् ।
यी स्वास्थ्य चौकीहरुमा उपयुक्त सुविधाहरु सहितको दुई तल्ले भवनहरु हुनेछन् । काठमाडौंस्थित भारतीय दूतावासका अनुसारयी परियोजनाहरुलाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको छ ।
ईन्द्रावती गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरुले भारत सरकारले प्रदान गरिरहेको विकास सहयोगको प्रशंसा गर्दै निर्माण हुने नयाँ स्वास्थ्य पूर्वाधारले यस क्षेत्रमा स्वास्थ्य सेवामा पहुँच बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।












