गृहनगर शुक्लागण्डकीको जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रमा आएर स्वास्थ्य मन्त्री पौडेलले के भने ? (तस्बिरहरु)

दमौली न्युज
  • ख-
  • ख+

दुलेगौंडाः जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रमा हेमोडाइलासिस सेवाको शुरुवात भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बिहीबार सेवाको शुरुवात गरेका हुन् । सेवा शुरुवात गर्दै उनले केन्द्रलाई देशकै विशिष्टिकृत स्वासप्रस्वास केन्द्रका रुपमा अघि बढाउन भारत सरकारसँग भएको छलफलले निष्कर्ष प्राप्त गर्न लागेको बताए ।

केन्द्रको निर्माण मात्र होइन उपकरण समेत सहयोग प्राप्त हुने गरी भारत सरकारसँग कुराकानी भैरहेको छ, उनले भने, छिट्टै यसमा सम्झौता गर्ने गरी काम अघि बढिरहेको छ ।


हाल तीन सय शैय्या क्षमताको पूर्वाधार र उपकरणका लागि आफूले पहल गरेको र दीर्घकालमा एक हजार शैय्या पुर्याइने उनले बताए । ‘विगतदेखि नै जीपीको विकासमा मैले सकेको प्रयास गरेको छु,’ उनले भने, ‘मन्त्रीका रुपमा यसको वृहत्तर विकास र सुविधा थप्न मेरो पूर्ण योगदान रहनेछ ।’


मन्त्री पौडेलले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सहयोगमा सञ्चालित मुटु रोगको निःशुल्क स्क्रिनिङका लागि आएका व्यक्तिहरुसँग समेत अन्र्तक्रिया गरे । उनले अस्पतालको सेवाबारे समेत प्रतिक्रिया लिंदै केही सुधार गर्नुपर्ने कुरा भए तयार रहेको बताए ।

मन्त्री पौडेलले गंगालालको बैठकबाट देशैभर मुटु रोग कम गर्न समयमै परीक्षण र उपचारमा जोड दिन निःशुल्क स्क्रिनिङ शिविर गर्ने निर्णय गरेका थिए । सोही अनुसार स्वास्थ्य मन्त्री पौडेलले गृहनगर शुक्लागण्डकीमा टोली पठाएका हुन् । करिब नौ सय जनाको मुटु निःशुल्क परीक्षण गरिएको विकास समिति सदस्य त्रिलोचन लम्सालले जानकारी दिए ।


केन्द्रमा लायन्स क्लबको सहकार्यमा शुरु गरिएको डायलासिस सेवाले १५ जनालाई सेवा पुर्याउने केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्