जीपी कोइराला बोर्ड सदस्यमा लम्साल नियुक्त

दमौली न्युज
  • ख-
  • ख+

दुलेगौंडाः जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रको बोर्ड सदस्यमा शुक्लागण्डकीका त्रिलोचन लम्साल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हालै मन्त्रीस्तरीय निर्णयमार्फत लम्साललाई बोर्ड सदस्य नियुक्त गरेका हुन् । यसअघि शुक्लागण्डकी नगरपालिकाका अधिकृत लम्सालसँग विभिन्न सामाजिक संस्थाको नेतृत्व गरेको अनुभव छ । स्नातकोत्तर लम्साल अध्यापनमा समेत संलग्न छन् ।


आफूलाई विश्वास गरेर स्वास्थ्य मन्त्री पौडेलले जिम्मेवारी प्रदान गरेको भन्दै लम्सालले दत्तचित्त भएर केन्द्रको विकासमा प्रयास गर्ने बताए ।


केन्द्रलाई एक हजार शैय्याको स्वासप्रस्वाससम्बन्धी विशिष्टिकृत अस्पताल बनाउने मन्त्री पौडेलको योजना छ । यसका लागि भारतका स्वास्थ्य मन्त्रीसँग मन्त्री पौडेलले संवाद गरेका छन् भने मन्त्रालयले औपचारिक प्रस्तावसमेत गरिसकेको छ ।

मन्त्री पौडेलले केन्द्रको क्षमता वृद्धिका लागि समेत प्राथमिकताका साथ काम अघि बढाइरहेको उनको सचिवालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्