रङ्गभेद तथा जातीय भेद उन्मुलन दिवसमा फलफुल वितरण तथा अन्तरक्रिया

दमौली न्युज
  • ख-
  • ख+

दमौल: ६० औं अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय भेद उन्मुलन दिवसको अवसरमा मुक्ति समाज जिल्ला कमिटी तनहुँको आयोजनमा वृद्धाश्रममा फलफुल वितरण तथा अन्तरक्रिया गरिएको छ। शुक्लगण्डकी नगरपालिका वडा नं ५ विश्वकर्मा मन्दिर गल्छिनामा र शु न पा ५ झरौटामा रहेको वृद्धाश्रममा फलफुल वितरण गरिएको हो ।

मुक्ति समाज जिल्ला कमिटी तनहुँका अध्यक्ष भरत लामगादेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य सविता रसाइली प्रमुख अतिथि रहेकी थिइन्। उक्त कार्यक्रममा समतामूलक, समानतामा आधारित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको संलग्नता आवश्यकको महसुस गर्ने ,
जातीय रङ्गभेद तथा जातीय भेदभाव उन्मूलनका लागि राज्य , नागरिक समाज, राजनीतिक दल, सञ्चारमाध्यम तथा सम्पूर्ण समाज एकसाथ अघि बढ्न आवश्यकता रहेको उपस्थित वक्ताहरुले बताएका थिए।

कार्यक्रममा विशेष अतिथि मुक्ति समाज केन्द्रीय सदस्य तनहुँ जिल्ला इन्चार्ज मोहन विश्वकर्मा, मुक्ति समाज प्रदेश उपाध्यक्ष डिना गोतामे, प्रदेश कमिटीका सदस्य मनिषा बिक, रितु नेपाली , पार्टी जिल्ला सल्लाहकार परिषद् सदस्य गोपाल वि क र जिल्ला कमिटीका सदस्य झमान सिंह सार्की मुक्ति समाज जिल्ला कमिटी कोषाध्यक्ष, सदस्यहरुको उपस्थिति रहेको थियो ।

शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष दुर्गा बिक, उपाध्यक्ष सरिता राई वि क, सदस्य लगाएत भिमाद नगर कमिटीका सचिव संगिता वि क लगायत को उपस्थित थियो भने कार्यक्रमको सहजिकरण उपसचिव सन्तोष बि क ले गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्