
दमौलीः त्रिभुवन विश्वविद्यालय महाराजगन्ज नर्सिङ क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघकी बिन्दु पोखरेल निर्वाचित भएकी छन्।
सोमबार राती अबेर सम्पन्न मतगणनामा २६० मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। उनकी प्रतिद्वन्द्वी अनेरास्ववियुकी मनकुमारी बुढाले २५९ मत प्राप्त गरिन्।
तनहुँ घिरिङ गाउँपालिकाकी बिन्दुको नेतृत्वमा पहिलो पटक नेविसंघले अनेरास्ववियुको गढ भत्काउन सफलता पाएको हो ।
पोखरेलको प्यानलबाट सचिव र कोषाध्यक्ष समेत निर्वाचित भएका छन् भने अनेरास्ववियुबाट एक सदस्य निर्वाचित भएका छन् ।