जनज्योति क्याम्पस स्ववियुका उम्मेदवारहरुको घोषणा–पत्र सार्वजनिक, यस्ता छन् प्रतिवद्धता

दमौली न्युज
  • ख-
  • ख+

दमौली : जनज्योति क्याम्पसमा अध्ययनरत अनेराश्ववियुका विद्यार्थीहरुले क्याम्पसमा हाल सम्म भएका गरिएका ७ बुदे कार्यहरु र आगामी कार्यहरुको १८ बुद्धे घोषण पत्र सार्वजनिक गरेका छन् ।

जनज्योति क्याम्पस स्ववियु निर्वाचनका लागि उम्मेदवारहरुलाई आफ्नो अमुल्य मत दिई विजय गराऔं भन्दै यस्तो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

हाल सम्म भएका कार्यहरु जस्तै घिरिङ गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम संचालन मञ्च निर्माण,पुस्तकालयमा पुस्तक थप, खानेपानी बोरिङ निर्माण , भिमाद नगरपालिकाको सहयोगमा अन्य थुर्पै कामहरु पनि गरिएको उनिहरुको प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।

त्यस्तै गरी नियमित नभएका विद्यार्थीहरुलाई प्रत्यक्ष सम्पर्क गरी नियमित बनाउन पहल गरिने,क्याम्पस प्रशासन र प्रध्यापकहरु संग सहकार्य गरी रिजल्ट सुधार गर्न पहल गरीने ,पुस्तकालयमा पुस्तक थप गर्न पहल गरिने , पुरुष र महिलाहरुको छुट्टा छुट्टै सफा शौचालयको लागि पहल गरिने , खेल मैदान र खेलकुद सामाग्रीको व्यवस्था गरिने,शुल्क घटाउन पहल गरिने,विद्यार्थीहरुलाई सिप मुलक तालिमको व्यवस्था गरिने जस्ता प्रतिवद्धता पत्रमा जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्