विद्यार्थीको गालामा तातो पन्युले डामेको घटनाको वास्तविकता के हो ?

दमौली न्युज
  • ख-
  • ख+

भीमादः जिस्क्याएको भन्दै बालबालिकालाई तातो पन्युले डामेको भन्दै भीमादका बालबालिकाको तस्बिर अहिले भाइरल भैरहेको छ ।


भीमादस्थित ६ शान्तिनगरस्थित प्रभात एकेडेमीका चार बालबालिकालाई विद्यालयका प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरी तथा लेखापाल शुष्मा श्रेष्ठले तातो पन्युले डामेको खुलेको छ ।


आफूलाई जिस्क्याएको भन्दै आक्रोशित लेखापालले यस्तो हर्कत गरे पछि अभिभावकले सामाजिक सञ्जालमार्फत घटना बाहिर ल्याएका हुन् । सानो गल्तीमा अमानवीय यातना दिएको भन्दै अहिले लेखापालको आलोचना भैरहेको छ ।

विद्यार्थी प्रमिस परियारका परिवारले सामाजिक सञ्जालमार्फत घटना सार्वजनिक गरेका थिए ।


अमानवीय यातना दिनेलाई कारबाही गर्नुपर्ने भन्दै विरोधसमेत हुन थालेको छ । पीडित बालबालिकाका अभिभावकले प्रहरीमा दोषीमाथि कारबाही गर्न माग गर्दै जाहेरीसमेत दिएका छन् ।


इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख पोषण थापाले अभिभावकको जाहेरीपछि लेखापाल श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्