कांग्रेसको शक्तिशाली विभागमा भट्टराईको नियुक्तिको अर्थ

दमौली न्युज
  • ख-
  • ख+

पार्टी कोषाध्यक्षमा दावेदारी दिइरहेका भट्टराईलाई शीर्ष जिम्मेवारी दिएर सभापति देउवाले विश्वासमा राख्न खोजेजस्तो देखिएको छ । यद्यपि भट्टराई पार्टी कोषाध्यक्षमा आफ्नो स्वाभाविक दोवदारी कायमै राख्न चाहन्छन् ।

काठमाडौंः कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार ३७ विभागको गठन गरे । केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिएका विभागहरु पार्टीको शक्ति सन्तुलनमा आ आफ्नै अर्थका छन् ।

त्यसमध्ये पहिलो प्राथमिकतामा पार्टीले राज्य प्रशासन विभागलाई राखेको छ । पार्टी मुख्यालयले सार्वजनिक गरेको वरियतामा सो विभागलाई पहिलो वरियतामा राखिएको छ । र, त्यसका प्रमुख तोकिएका छन्, केन्द्रीय सदस्य गोविन्द भट्टराई ।


कांग्रेसमा सादगी नेताको पहिचान बनाएका भट्टराईलाई पहिलो वरियताको विभागको जिम्मेवारी दिइनुलाई धेरैले अर्थपूर्ण भनेका छन् । पार्टी सभापति देउवानिकट मानिए पनि नेविसंघका पूर्व अध्यक्ष भट्टराई समकालिन नेविसंघ अध्यक्षहरुमध्ये उचाइ लिएका नेताको पहिचान बनाएका छन् ।

पार्टीका तर्फबाट मन्त्री भएकालाईसमेत निर्देशन दिनसक्ने प्रभाव राख्ने विभागमा उनको मनोनयनले सरकारका तर्फबाट हुने नीतिगत विषयमा समेत भट्टराईले सुझाव दिनसक्ने हैसियत दिएको छ ।

पार्टी कोषाध्यक्षमा दावेदारी दिइरहेका भट्टराईलाई शीर्ष जिम्मेवारी दिएर सभापति देउवाले विश्वासमा राख्न खोजेजस्तो देखिएको छ । यद्यपि भट्टराई पार्टी कोषाध्यक्षमा आफ्नो स्वाभाविक दोवदारी कायमै राख्न चाहन्छन् ।

अर्थशास्त्रमा पिएचडी सक्न लागेका भट्टराईको कर्मचारीतन्त्रमा राम्रो पकड छ । पार्टीका तर्फबाट मन्त्री भएकालाईसमेत निर्देशन दिनसक्ने प्रभाव राख्ने विभागमा उनको मनोनयनले सरकारका तर्फबाट हुने नीतिगत विषयमा समेत भट्टराईले सुझाव दिनसक्ने हैसियत दिएको छ ।

जुन उनले सभापति देउवाको विश्वास जितेको परिणामका रुपमा पनि धेरैले हेरेका छन् ।
तनहुँको प्रतिनिधि सभा निर्वाचनमा पराजित भए पनि उनले गरेको विकासको काम पानी मान्छेका रुपमा स्थापित भयो ।

चुनाव हारे पनि विकासका काम लिएर गाउँ गैरहेका भट्टराईले बनाएको छविले समेत उनको महत्वपूर्ण जिम्मेवारीमा काम गरेको हुनसक्ने जानकार बताउँछन् । तर, भट्टराई भने कोषाध्यक्षको दावेदारी कुनै हालतमा कमजोर हुन नदिन र पार्टीले दिएको जिम्मेवारीसमेत प्रभावकारी रुपमा पूरा गर्ने योजनामा देखिन्छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी