दमौलीः दमौलीको संस्थागत विद्यालय बाराही आवासीय माध्यमिक विद्यालयका पाँच विद्यार्थीले एसईईमा ए प्लस ल्याएका छन् ।
जिल्लाका निजी विद्यालयहरुमध्ये अधिक विद्यार्थी सहभागी गराएको बाराहीका तर्फबाट ५ एप्लससँगै, ३३ जना ए, २२ जना बी प्लस तथा दुई जना बी ग्रेड ल्याउन सफल भएका छन् ।
सात जना नन ग्रेड आएको विद्यालयले जनाएको छ ।
पछिल्लो समय आधुनिक शैक्षिक पद्धतीसँगै विद्यार्थीको नतिजाले आफूहरुलाई उत्साहित बनाएको विद्यालयका प्रिन्सिपल धामनिधि पन्थले बताए ।