![](https://damaulinews.com/wp-content/uploads/2024/06/mohan-batas-dance-1.jpg)
दमौलीः मोहन बतास फाउण्डेसनको आयोजनामा दमौलीमा सञ्चालित जिल्लास्तरीय नृत्य प्रतियोगितामा जिरो स्टाइल समूह प्रथम हुन सफल भएको छ ।
जिल्लाभरका विभिन्न विद्यालय तथा नृत्य समूह सहभागी र झण्डै तीन महिनासम्म चलेको प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा जिरो स्टाइलले विजेता बन्दै एक लाख नगद पुरस्कार पाएको छ ।
प्रतियोगितामा रामज्योति बोर्डिंग स्कूलको समूह रामज्योति ग्रुप दोस्रो तथा इलाट समूह् तेस्रो बनेर क्रमशः ५० हजार र २० हजार नगद प्राप्त गरेका छन् ।
![](https://damaulinews.com/wp-content/uploads/2024/06/mohan-batas-dance-2-1024x576.jpg)
तनहुँ १ का प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले शनिबार आयोजित कार्यक्रममा पुरस्कार हस्तान्तरण गरे ।
फाउण्डेशनका अध्यक्ष ओमराज श्रेष्ठले व्यापक सहभागीतामा प्रतियोगिता सफल भएको बताए ।
गायिका प्रिति आलेको समेत प्रस्तुती रहेको प्रतियोगिताको फाइनल समारोहमा बाक्लो दर्शक सहभागीता थियो ।
फाउण्डेशनका संरक्षक तथा व्यास ३ घर भै हाल हंगकंग निवासी मोहन बतासको सक्रियतामा प्रतियोगिता भएको हो ।
![](https://damaulinews.com/wp-content/uploads/2024/06/mohan-batas-dance-3-1024x771.jpg)
बतासले क्षमता भएर पनि लुक्न बाध्य नृत्य प्रतिभालाई जिल्ला मात्र नभएर देशभरमै चिनाउनका लागि प्रतियोगिता गरिएको बताए । प्रतियोगिता भिक्टोरिया डान्स स्कूलको सहयोगमा गरिएको हो । यसलाई हरेक वर्ष निरन्तरता दिइने फाउण्डेशनले जनाएको छ ।