शिक्षा क्षेत्रमा योगदान पुर्याउने शिक्षकहरुलाई २५ औं जिल्ला प्रतिनिधि सभाबाट सम्मानित

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेपाल शिक्षक संघ तनहुँले १ सय जना शिक्षकहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । संघको शनिबार भएको २५ औं जिल्ला प्रतिनिधि सभा एवं शिक्षक सम्मान कार्यक्रमको अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने शिक्षकहरुलाई सम्मान गरिएको थियो।

संघमा रहेर उल्लेखनीय योगदान पुर्याउने शिक्षकहरुलाई प्रोत्साहन स्वरुप दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको हो ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आले, नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी र संघका जिल्ला अध्यक्ष रमेशबाबु भट्टराईले संयुक्त रुपमा सम्मान गरेका थिए।

शिक्षकहरुलाई समय सापेक्ष प्रविधिमैत्री बनाइने कुरा प्रस्ट पार्दै संघले व्यास नगरपालिका–३ शान्तिनगरमा साढे दुई आना जग्गा समेत खरिद गरिसकिएको जिल्ला अध्यक्ष भट्टराईले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी