सर्वदलीय बैठकले भन्योः अवैध क्रसर रोक

  • ख-
  • ख+

दमौली: तनहुँको सर्वदलीय बैठकले अवैध क्रसर रोक्न प्रशासन र जिल्ला समन्वयको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेको अध्यक्षतामा दमौलीमा बसेको राष्ट्रिय मान्यता पाएका दलहरुको सर्वदलीय बैठकले जिल्ला अनुगमन समितिले निर्देशन दिंदासमेत अवैध क्रसर नरोकिएको भन्दै ध्यानाकर्षण गरेको कांग्रेस जिल्ला सचिव विश्व बाँस्तोलाले जानकारी दिए ।

‘जिल्ला अनुगमन समितिको निर्णय पनि कार्यान्वयनमा नभएको सुनिएकाले मापदण्डमा ल्याउन र नियमन गर्नका लागि प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समिति प्रमुखलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरिएका छौं,’ उनले भने ।

सत्तारुढ नेकपाका अध्यक्ष केदार सिग्देल, सचिव राजेन्द्रकेशरी न्यौपाने, संघीय समाजवादीबाट केन्द्रीय सल्लाहकार कृष्ण घिमिरे तथा केन्द्रीय सदस्य एवं जिल्ला संयोजक देवेन्द्र थापा तथा कांग्रेसका कार्यवाहक सभापति आले, सचिव बाँस्तोलासहितका शीर्ष नेताहरु सहभागी बैठकले जिल्लामा कोभिड रोकथाम र नियन्त्रणका लागि पनि गम्भीरतापूर्वक लाग्नका लागि अनुरोध गर्ने निर्णय गरेको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्