देशमा कोरोना संक्रमितको संख्या लाख नजिक

  • ख-
  • ख+

काठमाडौंः देशमा कोरोना संक्रमितको संख्या एक लाखको हाराहारीमा पुगेको छ ।
बिहिबार थप ४ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको हो ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ४ हजार ३६४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । संक्रमितमध्ये ७१ हजार ३४३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५९० जनाको मृत्यु भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्