रोटरीको सहयोगमा करोड बढीमा चुँदेरमा खानेपानी योजना बन्दै

  • ख-
  • ख+

दमौलीः अमेरिका र दमौलीका रोटरी क्लबको सक्रियतामा व्यास ५ को चुँदेरमा खानेपानी योजना निर्माण हुने भएको छ । एक करोड १६ लाख रुपैयाँको लागतमा निर्माण हुने खानेपानी योजनाका लागि अमेरिकाको होनोलुलुस्थित रोटरी क्लब अफ होनोलुलुले ८८ लाख ८१ हजार रुपैयाँ सहयोग गर्नेछ ।

रोटरी क्लब अफ दमौलीको ३ लाख र बाँकी स्थानीय सरकारको सहभागीतामा बन्न लागेको योजनाको डिपिआर व्यास नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

स्मार्ट सिभिल कन्सल्टेन्सीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन कन्सल्टेन्सीका इन्जिनियर सुवास गौतमले व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेलाई वुधवार हस्तान्तरण गरे ।
खानेपानीका लागि क्लबले गरेको सहयोग महत्वपूर्ण रहेको बताउँदै नगर प्रमुख न्यौपानेले कामलाई गति दिइने प्रतिवद्धता जनाए ।

खानेपानी योजना सुरु चाँडै सुरु गर्न आवश्यक सहयोग गरिने रोटरी क्वलव अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले बताए । ‘आर्थिक मात्र नभए आवश्यक अरु सहयोगका लागि पनि तयार छौं,’ उनले भने ।

खानेपानी योजनाबाट व्यास नगरपालिका ५ का दुई सय २९ घरधुरी लाभान्वित हुने बताइएको छ । वडाको चुँदेर, रानीटारी र नेपालटार एक हजार एक सय आठ जना लाभान्वित हुने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी