तनहुँमा बढ्दै जोखिम, प्रशासन भन्छ,‘अब झनै कडा गछौं’

  • ख-
  • ख+

दमौलीः तनहुँमा पछिल्लो समय दैनिकजसो स्थानीय तहहरुमा नयाँ संक्रमणका समाचार आइरहेका छन् । अझ कार्यालय प्रमुख तथा सार्वजनिक ओहोदामा रहेका ठूला व्यक्तिमा नै संक्रमण बढी देखिने अवस्था आएको छ । यसले अवस्था झनै खतरातिर जाने त होइन भन्ने प्रश्न पनि उठेको छ ।


संकट थप गहिरिन नदिन प्रशासनले कडाई बढाउने शंकेत गरेको छ । लक डाउन खुकुलो भएयता १ हजार ४ सय जनाले मास्क नलगाएको भन्दै जरिवाना तिर्नुप¥यो । उनीहरुबाट मात्र प्रहरीले एक लाख १४ हजार बढी जरिवाना असुल गरिसकेको छ ।


जनही १ सय रुपैयाँको जरिवानाको प्रावधान भए पनि मास्क नलगाउने र लापरवाही गर्नेको प्रवृत्ति बढेको भन्दै अब तनहुँ प्रशासनले मास्क नलगाउनेमाथि अझै कडाई गर्ने तयारी गरेको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले पनि स्वास्थ्य मापदण्ड पालना नगर्नेमाथि कडाई गर्ने निर्णय गरिसकेको छ ।


‘अब स्थानीय तहका अनुगमन समितिलाई पनि सक्रिय बनाएर स्वास्थ्य मापदण्ड पालना नगर्नेमाथि थप कडाई गर्ने योजना छ,’ सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले भने ।


लापरवाही गर्नेमाथि जेल सजायसम्म
संक्रामक रोग विरुद्धको ऐन समेत सक्रिय भएको अवस्थामा लापरवाही गर्दै जोखिम फैलाउनेका लागि जेल सजायसम्मको व्यवस्था छ ।

प्रशासनले अब सार्वजनिक सवारी साधनमा लापरवाही गर्नेमाथि कडाइ गर्ने बताएको छ । ‘प्रभावकारी रुपमा मापदण्ड पालना नगर्दा सार्वजनिक यातायातमा झनै जोखिम देखिन थाल्यो,’ बराल भन्छन्,‘सवारीका चालकले लापरवाही गरे झनै कडा कारवाही र जरिवाना तिराउन अनुगमन सक्रियता बढाएका छौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्