मृगौला पीडित टेकबहादुरलाई सहयोग संकलन

  • ख-
  • ख+

दमौली: व्यास ५ साँगे निवासी दुवै मृगौला फेल भएका
टेकबहादुर आलेको उपचारका लागि आर्थिक सहयोग संकलन हुन थालेको छ ।

व्यास नगरपालिका वडा नं ५ सांगे रानिटारी घर भई हाल बदक्षिण कोरियामा कार्यरत दिपक पुरीले आमा लक्ष्मी पुरीमार्फत ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

यसैगरी, व्यास २ घर भै हाल जापान निवासी निशा थापाले २५ हजार १ रुपैयाँ आर्थिक सहयोग गरेको सहयोग अभियानका सन्तोष रानाले जानकारी दिए ।

दुवै मृगौला फेल भएका आलेलाई आर्थिक अभावमा उपचारमा समस्या भएको परिवारको गुनासो पछि शुभेच्छुकले आर्थिक सहयोग थालेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्