तनहुँ प्रहरीले भन्यो,‘यी हुन् हाम्रा उपलब्धी’

  • ख-
  • ख+

‘चाडबाडलाई सुरक्षित बनाउँछौ’
प्रकृति न्यौपाने/सञ्जय श्रेष्ठ
दमौलीः
जिल्ला प्रहरी कार्यालय तनहुँले आफ्ना उपलब्धि सार्वजनिक गरेको छ ।
प्रहरी उपरीक्षक अरूण पौडेलले जिल्ला प्रहरी कार्यालय तनहुँमामा भएका गतिविधिहरू प्रस्तुत गरे ।
प्रहरी कार्यालयले अपराध न्युनीकरण, अवैध लागुऔषध कारोवारलाई न्युनीकरण, फरार व्यक्ति पक्राउ, पार्किङ ब्यवस्थापन, नो हर्नको व्यवस्थापन लगायतलाई आफ्नो मुख्य उपलब्धिका रुपमा लिएको छ ।
प्रहरीका अनुसार गत साउन ८ गते यता असार ८ गते देखि यता १ सय ७१ जना ‘फरार’  व्यक्ति  पक्राउ परेका छन् ।
उनीहरुबाट २४ लाख भन्दा धेरै जरिवाना रकम असुल उपर गरिएको छ ।

यसैगरी कोभिड जोखिम न्यूनीकरणमा भएका कामलाई पनि प्रहरीले उपलिब्ध भनेको छ ।

चाडबाडलक्षित सुरक्षा बढाइने
तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना सार्वजनिक गरे । ‘दशैं तिहारजस्ता नजिकिएका चाडपर्वमा नागरिकलाई सुरक्षित हुने हिसाबले तयारी गरेका छौं,’ उनले भने ।

आउदै गरेको चाड पर्व तथा कोभिडलाई मध्यनजर गरेर स्वास्थ्य सुरक्षाको मापदण्ड नियमन, चोरी सिकारी तथा, मापसे लगायत सामाजिक अपराधका बिषयमा बिशेष तयारीहरु गरिएको जानकारी दिए ।

जघन्य अपराधसँगै चन्दा असुली, बिस्फोटक सामग्री आयात तथा नियन्त्रणका लागि समेत विशेष तयारी गरिएको जनाएको छ ।

कार्यक्रममा बोल्दै डिएसपी युवराज तिमल्सेनाले आजसम्मका कार्यहरूमा सबै क्षेत्रको साथ र समर्थन जुटेकाले प्रगति सार्वजनिक गर्दा पनि आत्माविश्वास बढेको बताए । उनले योजनाहरूमा समेत समग्र सरोकारवाला निकायहरूले सुरक्षा निकायप्रति जिम्मेवार ढङ्गले साथ सहयोग र समर्थन गर्ने अपेक्षा गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्